खोलाले बगाएर बालिका बेपत्ता

मोरङको बुढीगंगा गाउँपालिकाको बुढी खोलाले शुक्रबार एक बालिकालाई बगाउँदा बेपत्ता भएकी छन्।

सम्बन्धित सामग्री

खोलाले बगाएर बालिका बेपत्ता

दाेलखाकाे गाैरीशंकर गाउँपालिका-७ मार्बुकी एक बालिकालाई खाेलाले बगाउँदा बेपत्ता भएकी छन् । बुधबार साँझ विद्यालयबाट फर्कने क्रममा स्थानीय घट्टेखाेलाले बगाएर रामकृष्ण श्रेष्ठकी १३ वर्षीया छाेरी आयुसा श्रेष्ठ बेपत्ता भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएकाे छ ।

डाेटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी - डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । ठूलाे खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएकाे छ ।  गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

डाेटीमा खाेलाले बगाएर बालिका बेपत्ता

काठमाडौं : डोटीमा बाख्रा चराउन गएकी पाँच वर्वीया बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छन्।शनिबार दिउँसो जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा स्थानीय भीम मिजारकी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक नारायण दत्त बडुको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको छ।