रामेछाप – कृषि बीमामा रामेछापका किसानकाे आकर्षण बढ्न सकेकाे छैन । कृषि बीमा गरेका किसानले बीमा दाबी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमाप्रति उनीहरूकाे आकर्षण बढ्न नसकेको हो ।
सरकारले बालीनाली र पशुपालनमा लागेका किसानले बेहाेर्नुपर्ने सम्भावित क्षतिको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागू गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन । कृषि बीमा गर्न इच्छुक किसानलाई बीमाङ्कको ८० प्रतिशत रकम सरकारले नै बेहाेर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयम् किसानले बेहोर्नुप...