जेठ १५ गते अध्यादेशबाटै बजेट आउँछ : प्रधानमन्त्री ओली

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वभाविक रुपमा जेठ १५ गते बजेट अध्यादेशबाट आउने बताउनु भएको हो । उहाँले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई बजेटमा प्राथमिकता दिइने पनि बताउनुभयो । उहाँले यो वर्षको बजेट कोरोना महामारीमा  केन्द्रित हुने बताउँदै यो वर्ष विकासका साह्रै ठूला आकांक्षा नराखिने पनि बताउनुभयो ।

सम्बन्धित सामग्री

अध्यादेशमार्फत आगामी बजेट: प्रधानमन्त्री ओली

केही दिनयताको अन्योललाई चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउने स्पष्ट पारेका छन्। बालुवाटारमा आइतबार पत्रकारसँगको अन्तक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी निर्वाचनको मिति घोषणा गरेकाले आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा अध्यादेशमार्फत ल्याउने बताए।

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’ उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस […]

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताउनुभएको छ।

बजेट पेश गर्न सहज होस भनेर मार्ग प्रशस्त गरेको हुँ- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रक्रियामा जाँदा जेठ १५ गते बजेट पेश गर्नु संबैधानिक व्यवस्थाअनुसार नभ्याउने भएका कारण मार्ग प्रशस्त गरेको बताए। उनले भने,"संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ। त्यस कारण समय लिने सुविधा हामीलाई छैन। समयको चाापको हिसावले र परिस्थितीको हिसावले अपरिहार्य भइसकेका कारण मार्ग प्रस्तत गरेको हुँ।"

राजनीतिक फेरबदलपछि के हुन्छ बजेट ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत नपाई कामचलाउ भएसँगै आगामी आर्थिक वर्ष २०७८-०७९ बजेट निर्माण प्रक्रियामा अन्योल देखिएको छ ।संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकोमा प्रधानमन्त्री ओली कामचलाउ भइसकेको र अर्को सरकार गठन कहिले हुने अन्योलले बजेट निर्माण प्रक्रिया अलपत्र पर्ने देखिएको हो । ओलीकै का...

बाघको बच्चाजस्तै संघीयता पनि हुर्केपछि बलियो बन्दै जान्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च प्रणालीमा सुधार नआएमा कडा आपत्ति जनाउनु भएको छ । राष्ट्रिय विकासमा देखिएको समस्या समाधानका लागि भन्दै बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले कडा असन्तुष्टि जनाउनु भएको हो । उहाँले खर्च प्रणालीमा सुधार गर्न भन्दै जेठ १५ गते नै बजेट ल्याएको तर दोस्रो त्रैमासिकसम्म आइपुग्दा पनि...

जेठ १५ नेपालीको विजयको दिन हो : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सबै नेपाली नागरिकको विजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा काठमाडौंको ...