लुम्बिनीकी मन्त्री रायमाझीको सांसद पद रिक्त कि कायम ?

११ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले दायर गरेको एउटा मुद्दामा उनले नै तारेख टुटाएको भन्दै गत बुधबार सर्वोच्च अदालतले मुद्दा खारेज गरिदियो । जनता समाजवादी पार्टीकी सांसद रायमाझीको उक्त मुद्दा खारेज भएपछि त्यही मुद्दामा दिएको अन्तरिम आदेशका कारण कायम रहेको उनको सांसद पद पनि नरहेको […]

सम्बन्धित सामग्री

सांसद पद जोगाइदिन माग गर्दै टोपबहादुर पुगे सर्वोच्च, बिहीबार पेसी

नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रिट दर्ता गराएका हुन् । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।कारबाही भएको र सांसद पदबाट हट

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ द