सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी ताल संरक्षणको दायित्व सबैको भएको बताएका छन् । कैलालीको घोडाघोडीमा आज आयोजित घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा कार्यक्रममा उनले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको बताए ।उनले घोषणा गरेरमात्रै नहुने भन्दै विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताए । घोडाघोडी धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसको