काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान केपी ओली प्रधानमन्त्री रहेको यो सरकारलाई हाम्रो पार्टीको समर्थन नरहेको बारेमा औपचारिक जानकारी दिने प्रश्न हो, त्योबारेमा कहिले दिने औपचारिक लिखित जानका...