काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी सांसद् सोबिता गौतम उपसभामुख बन्ने सम्भावना उच्च रहेको छ। सत्ता गठबन्धको सहमति अनुसार एमालेलाई सभामुख र स्वतन्त्र पार्टीलाई उपसभामुख दिने सहमति भएको थियो। सो अनुरुप एमालेले पुरुषबाट सभामुखको उम्मेदवार बनाउँदा स्वतन्त्र पार्टी महिलाले उपसभामुख पाउनेछिन्। संविधानमा सभामुख र उपसभामुख एउटै लिङ्गका हुन नसक्ने ब्यवस्था गरिएको छ। […]