लमजुङ । बाढीपहिरोले अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा आएको छ ।
आज बिहानदेखि डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदिपुरनजिकै सडक अवरुद्ध भएको थियो । एक्साभेटरले ढुंगा–माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर...