अवरुद्ध डुम्रे–बेँसीशहर सडक सञ्चालन

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मंगललबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर बुधबार बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीशहरबाट काठमाडौं, पोखरा र चितवन र  ती...