काठमाडौं : नेपालमा दोस्रो लहरको कोभिड-१९ संक्रमण तिब्र रुपले फैलिने क्रम जारी छ। कतिपय अस्पतालमा बेड अभावका कारण कोरोना सक्रमितको भुइँमै राखेर उपचार भैरहेको छ। उपत्यकासँगै देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव छ। समयमा अक्सिजन आपूर्ति हुन नसक्दा अकालमै संक्रमितको ज्यान जाने गरेको छ। यस अवस्था जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापन गर्न सकिने सुझाउँछन्। –हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्