मकवानपुर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्नो पार्टीकै अगुवाइमा केही दिनमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। नेकपा प्रचण्ड–माधव निकट प्रेस संगठन नेपालको बागमती प्रदेशस्तरीय भेलालाई आज सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्दैै नेता भट्टराईले केही दिनमा नै ओली सरकार पदमुक्त हुने उद्घोष गरे। ओलीसँग नैतिकता भए अहिले पनि राजीनामा दिएर पदत्याग गरी क्षमा माग्नुपर्ने भट्टराईले बताए। ‘ओलीसँ