कोरोना महामारीमा सिकाईको विकल्प खोज्दै पञ्च मावि

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने विकल्पको खोजी सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाईलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि विद्यालयले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।

सम्बन्धित सामग्री

महामारीले असन्तुलित अर्थतन्त्र सुधारका लागि विकल्प खोज्दै मन्त्रालय

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै गत साउनदेखि आयात उच्च वृद्धि भएको थियो । जसको प्रभाव शोधान्तरस्थितिमा परेको छ । भदौमा शोधान्तरस्थिति ८३ अर्बले घटामा गएपछि विदेशी मुद्राको सञ्चितिमा दबाब परेको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा आयात करिब ६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष […]

संकटलाई अवसरमा बदल्दै व्यवसायी

बालगुङ । बागलुङ बजारको गोल्डेन गेट चोकमा ट्युसन पढ्न र कम्प्युटर तथा भाषा सिक्न विद्यालय/क्यापसका विद्यार्थीको घुइँचो नै हुन्थ्यो । तर कोरोना महामारीका कारण दुई वर्षयता ट्युसन सेन्टर तथा भाषा सेन्टर बन्द अवस्थामा पुग्यो । ‘गोल्डेन गेट भाषा तथा ट्युसन सेन्टर’का सफल व्यवसायी नेत्र विष्ट कोरोना महामारीका कारण समस्यामा परे । भाषा कक्षाहरू ठप्प भए ।      कोरोनाले नियमित आम्दानीको अवसर रोकिएकोमा लगानीकर्तामा केही तनावको अवस्था सिर्जना भए पनि केही युवा सञ्चालकले संकटले निम्त्याएकोे समस्यामा चिन्तित नभएर नयाँ विकल्प र अवसर खोज्न थाले । त्यही क्रममा ट्युसन भाषा कक्षा सञ्चालन गरेको गोल्डेन गेटकै नामबाट सुपर मार्केट खोल्ने सहमति भयो । कोरोनाको त्रासकै बेलामा खाद्यान्न, कस्मेटिकलगायत एउटै छानामुनि दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसहित ‘गोल्डेन गेट सुपर मार्केट’ सञ्चालनमा ल्याइएको हो । ‘अहिले सबैभन्दा बढी शैक्षिक संस्था र व्यापार व्यवसायमै असर परेको छ,’ सञ्चालक विष्टले भने, ‘संकटका बेला अवसर खोज्दै नयाँ व्यवसाय थालेका छौं ।’ बागलुङ नगरपालिका–२ गोल्डेनगेट चोकमा तीन करोडको लागतमा यो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । कोरोनाले यी सबै व्यवसायमा असर पारेपछि सुपर मार्केट सञ्चालनमा ल्याइएको अर्का सञ्चालक इन्द्र थापाले बताए ।  सुपरमार्केटमा १५ जनाले रोजगारी पाएको अर्का सञ्चालक राजेन्द्र पुनले बताए । लामो समयदेखि बजारको लालीगुराँस चोकमा जुत्ता र फेन्सी पसल गर्दै आएका पुनम शर्माले पनि दुई महिना अघिदेखि ‘साथी मार्ट’ सञ्चालनमा ल्याएकी छिन् । झण्डै ५० लाखको लागतमा खाद्यान्न, कस्मेटिक, पेय पदार्थ तथा घरेलु उत्पादनसहितको मार्ट सञ्चालनमा ल्याइएको उनले बताइन् । ‘विदेश भ्रमणका क्रममा टोलटोलमा यस्ता मार्ट देखेको थिएँ, अत्यावश्यक उपभोग्य वस्तुकोे व्यापारसमेत राम्रो देखेर यो मार्ट सञ्चालनमा ल्याएको हुँ,’ उनले भनिन् । मार्टमा दैनिक उपभोग्य वस्तुका अलवा कस्मेटिक, पेय पदार्थ, सरसफाइका सामान, अन्तरराष्ट्रिय ब्राण्डका मदिरा, बेकरी आइटम, बाथरूमका लागि चाहिने सामान उपलब्ध छन् । पछिल्लो समय बजारमा सुपर मार्केट सञ्चालकमा एक किसिमको लहरै आएको छ ।  रासस

कोरोनाका कारण विकल्प खोज्दै सञ्चारकर्मी

कोरोना महामारीको पहिलो लहरमा सञ्चारगृहमा परेको प्रभावले धेरै सञ्चारकर्मी बेरोजगार बने । महामारीको दोस्रो लहरले पनि उस्तै समस्या निम्त्याएको छ । धरानमा झण्डै डेढ सयको संख्यामा पत्रकार हरू विभिन्न सञ्चारमाध्यममा आबद्ध छन् । सानो लगानीमा चलेका ९० प्रतिशत छापा माध्यम कोरोनाकै कारण बन्द भएका छन् । धरानका औजार दैनिक, फाष्ट दैनिक र मनिङ टाइम्स बन्द […]

फक्रिएका फूल, ओइलिएका किसान

नयाँ भेरियन्टको कोरोना महामारीको कहरका कारण जारी निषेधाज्ञाका कारण फूलको बजार ठप्प छ। फूल खोज्दै आउनेहरु घरभित्र थुनिएका छन्। त्यसैले फूललाई निर्ममतापूर्वक काटेर मलको खाल्डोमा मिल्काउनुको विकल्प छैन।

खोप आयातमा भारतको विकल्प खोज्दै सरकार

१६ वैशाख, काठमाडौं । देशभित्र कोरोना स्रंक्रमितको संख्या अप्रत्यासित रुपमा बढेसँगै भारतले खोप निर्यातमा ‘अघोषित प्रतिबन्ध’ लगाएपछि नेपाल सरकारले अन्य मुलुकबाट खोप ल्याउने गृहकार्य अगाडि बढाएको छ । अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोप भारतबाट …

कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमान्डाैं / कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्। अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग... The post कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार appeared first on Purbeli News.

अझै खुलेन स्टेज  : आर्थिक समस्यामा कलाकार, खोज्दै विकल्प

काठमाडौँ । कोरोना कहर अझै यथावत नै छ । विश्वका कतिपय देश अहिले पनि लकडाउनकै अवस्थाबाट गुज्रिरहेका छन् । कतिपय देशमा फेरि कोरानाको नयाँ लहर देखिएकाले त्रास झन् थपिएको देख्न र सुन्न सकिन्छ । केही देशमा कोरोनाविरुद्ध खोप सुरु भएको छ । त्यसले भने केही आशा जगाएको छ ।हाम्रो छिमेकी मुलुक भारतले नेपालीका लागि कोरोनाविरुद्धको क...

चीनबाट भारत जाने तयारीमा २४ मोबाइल कम्पनी

अब चीनबाट आफ्नो कारोबार समेट्न इच्छुक २४ कम्पनी आफ्नो मोबाइल फोनको उत्पादन कारखाना भारत लाने तयारीमा जुटेका छन् । अमेरिका–चीनका बीच बढ्दो व्यापार तनाव र कोरोना भाइरस संक्रमणबाट कम्पनी आफ्नो सप्लाई चेनलाई डाइभर्सिफाई गर्न चाहन्छन् । यही कारण यी कम्पनी चीनबाट बाहिर सप्लाई चेनको विकल्प खोज्दै गरेका छन् ।

कोरोना भाइरसको असर जलविद्युत आयोजनामा : विकल्प खोज्दै सरकार

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर नेपाललाई पनि पर्न थालेको छ । चीनमा रहेका नेपाली र यहाँ रहेका आफन्त त चिन्तामा छन् नै । कोरोना भाइरसकै कारण विकास निर्माणका काममा पनि असर पर्न थालेको छ ।  कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्र र वस्तु आयात निर्यातमा समस्या परेको  छ । सबैभन्दा ठूलो...