काठमाण्डौ – कतारमा कार्यरत श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट समेत वञ्चित भइने भन्दै दूतावासले श्रम स्वीकृतिको अवधि सकिनु अघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।
वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ ...