काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट महिला नेत्रीहरुले प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् ।
ओली समूहको अखिल नेपाल महिला संघले विघटित प्रतिनिधि सभा सदस्य झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
झाँक्रीले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको उनीहरुको आरोप छ ।
ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको अनेम संघकी नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो ।