सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले मंगलबार गोला प्रथामार्फत गरेको आईपीओ बाँडफाँटमा ६७ हजार ५८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११÷११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । बाँकी १३ लाख ४६ हजार ५१४ जना आवेदकहरुको भने हात खाली भएको छ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता सेयर आईपीओमा निष्कासन गरेको गरेको थियो ।