मकवानपुरको कैलाश गाउँपालिका १ मा काँग्रेसका ब्लोन निर्वाचित

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसका तेजबहादुर ब्लोन निर्वाचित भएका छन् ।  उनी ८ मतान्तरले  विजयी भएका छन् । उनले ३७४ मत प्राप्त गर्दा नेकपा एमालेका कमलबहादुर तितुङ्ले  ३६६ मत ल्याएका थिए ।त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९५ मत ल्याएका थिए । नेपाली काँग्रेसले ३ वटा वडामा जित हात पारेको छ भने माओवादी केन्द्र र नेकपा एमालेले १/१ वटा वडा जितेको छ ।

सम्बन्धित सामग्री

स्थानीय सरकार सङ्घको निकाय होइन

मकवानपुरको कैलाश गाउँपालिका जिल्लाको सबैभन्दा विकट गाउँपालिकामध्येको एक हो । स्थानीय तहको दोस्रो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित लोकबहादुर मुक्तान स्थानीय तहको सङ्घ र प्रदेश सरकारले अधिकार कटौती गर्दा सङ्घीयता कमजोर हुने बताउनुहुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि कैलाश गाउँपालिकाले बनाएका योजना, सुशासन र समस्यालगायतका विषयमा अध्यक्ष मुक्तानसँग गोरखापत्रका राममणि दाहालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

‘आरोप लगाएर फसाउन खोजियो’

हेटौंडा ।  नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले आफ्नो पार्टीबाट निर्वाचित वडाअध्यक्षलाई खेलाडीमाथि यौन दुव्र्यवहारको आरोप लगाएर फसाउन खोजिएको दाबी गरेको छ । राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएकी एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो ।शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले […]

मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा गठबन्धनको जित भएको छ ।गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका लोक मोक्तान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका मोक्तानले ४ हजार ८९७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादीका बालकुमार मल्ल विजयी भएका छन् […]

मकवानपुरमा एमालेको पालिका अधिवेशन सकियो, कहाँ को निर्वाचित ?

मकवानपुरको १० वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ ।  बिहीबार र शुक्रबार एक÷एक गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको एमालेले एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकामा भने शनिबार नै पालिका अधिवेशन सम्पन्न गरेको थियो ।एमाले मकवानपुरले बिहीबार कैलाश गाउँपालिका र शुक्रबार राक्सिराङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो भने शनिबार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया, बागमती, इन्द्रसरोवर, भीमफेदी, मनहरी र मकवानपुरगढी गाउँपालिकामा अधिवेशन भएको नेकपा