माओवादीको उद्गमस्थल नक्सलबाडीमा भाजपा विजयी

भारतमा माओवादी विद्रोहको उद्गमस्थल पश्चिम बंगालको मतिगडा–नक्सलबाडी विधानसभा सीटमा भारतीय जनता पार्टी विजयी भएको छ । भाजपाका आनन्दमय बर्मनले एक लाख ३८ हजार ३१९ मत ल्याएका जीत हासिल गरेका हुन् ।  निकटतम प्रतिद्वन्द्वी तृणमूल कांग्रेसका राजन सुन्दासले ६८ हजार ५४५ मत ल्याएका छन् ।   

सम्बन्धित सामग्री

माओवादी-बीजेपी नजिकिँदै : अध्यक्ष नड्डाले गरे माओवादीको प्रशंसा

भारत सरकारको नतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै माओवादीको प्रशंसा गरेका छन् । भाजपाको निमन्त्रणमा भारत भ्रमणमा रहेका माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको टोलीसँग डेढ घण्टा भएको भेटवार्तामा नेपालमा नड्डाले माओवादीको भूमिका खुलेर प्रशंसा गरेका हुन् ।

माओवादीको ५ सदस्यीय टोली भाजपाको निमन्त्रणामा दिल्ली जाँदै

दुई पार्टीबीचको सम्बन्धलाई सुमधुर र बलियो बनाउन भन्दै सत्तारुढ दल माओवादी केन्द्रकी नेतृ पम्फा भूसालको नेतृत्वमा ५ सदस्यीय टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । उक्त टोली भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा त्यसतर्फ जान लागेको हो ।