एमाले कार्यकर्ताको घर कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

धादिङ । धादिङमा नेकपा (एमाले) कार्यकर्ताको घर नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । आज (आइतबार) विहान ज्वालामुखी गाउँपालिका–५ धुसेनीमा एमाले कार्यकर्ताको घर कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका हुन् । कांग्रेस कार्यकर्ताहरूको समूहले उनीहरूको दुईवटा घर तोडफोड गरेको एमाले ज्वालामूखी गाउँपालिकाले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानीय हरी […]

सम्बन्धित सामग्री

बाजुराको भानोदय मतदान केन्द्रमा झडप, मतदान अवरुद्ध

धनगढी – बाजुराको एक मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएपछि अहिले मतदान स्थगित भएको छ । बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप पछि मतदान कार्य अवरुद्ध भएको हो । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्रीहरु पनि तोडफोड भएका छन् । अहिले दुवै […]

सुर्खेत एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादीको तोडफोड

सुर्खेत । सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुर्याएका छन् । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ । […]

सुर्खेतमा कांग्रेस पार्टी कार्यालय तोडफोड

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दकर्ताहरूले सुरक्षामा […]

विदुर नगरपालिकाको कार्यालय वडाध्यक्षहरुबाटै तोडफोड

नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइए पनि बजेट भुक्तानी गरेको विरोधमा नेपाली कांग्रेस समर्थित छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।    ढुङ्गा प्रहारबाट नगरपालिकाक