संघीय संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरी थप अनुसन्धान र मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका ठूला भ्रष्टाचार प्रकरणका फाइलमाथिको अनुसन्धान लामो समयसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन ।
पछिल्लो ३ वर्षयता केही ठूला भ्रष्टाचार काण्डका विषयमा लेखा समितिले आयोगलाई पठाएको फाइलका सम्बन्धमा हालसम्म अनुसन्धान पूरा हुन नसकेको हो ।
केही फाइल त भ्रष्टाचार भएको निष्कर्षसहित लेखा समितिले आयोगमा पठाएको ३ वर्षसम्म पनि थप प्रगति भएको जानकारी समितिलाई प्राप्त भएको छैन । लामो समयसम्म पनि ती फाइलका सम्बन्धमा छ...