वातावरण इन्जिनियरिङमा विद्यावारिधि र सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका डा. विजय थापा ऊर्जा र वातावरण विज्ञको रूपमा चिनिन्छन् । नर्वेजियन सरकारको सहयोगमा इनरजाइज नेपालको कार्यक्रम व्यवस्थापकसमेत रहेका उनीसँग सेभ द चिल्ड्रेनका साथै ऊर्जाका क्षेत्रमा काम गरेको अनुभव छ । इनरजाइज नेपाल कार्यक्रमले हाल काठमाडौँ विश्वविद्यालय (केयू) मा अध्ययन र अनुसन्धानमा सहायता गर्दै पनि आएको छ । […]