पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार पाचौं जित कात पारेको छ । शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर मात्र ११५ रन बनायो ।काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रनको योगदान गरे । त्यस्तै सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए । लुम्बिनीका लागि हरमित सिंहले ३ विकेट लिए । त्यस्तै किशोर महतो,श्याड्ली भान,