पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । शुक्रबार भएको खेलमा पोखराले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा १८० रनको लक्ष्य पोखराले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।पोखराका लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाए । फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाश जैशीले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनायो । फा