दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा मोटरेवल पुल निर्माणका लागि नेपाल र भारतबिच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल-भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा भारतीय राजदूत विनयमोहन क्वात्रा…

सम्बन्धित सामग्री

महाकाली नदीमा मोटरेवल पुल बनाउन सम्झौता

काठमाडौं । महाकाली नदीमाथि मोटरेवल (गाडी चल्ने) पुल निर्माण गर्न नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा नेपालको दार्चुला र भारतको धार्चुलालाई मोटरेवल पुलले जोड्न महाकाली नदीमाथि पुल बनाउने सम्झौतामा हस्ताक्षर भएको हो । दुई देशका २ बिन्दु जोड्नका लागि पुल निर्माण गर्ने भन्दै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । भारतीय दूतावासले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ । जारी विज्ञप्तिमा उक्त पुलको निर्माण चाँडै शुरु गरिने योजना रहेको उल्लेख छ । महाकाली नदीमाथि बन्ने पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । परियोजनाले वाणिज्य, सांस्कृतिक तथा जनता बीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।