काठमाडौँ । खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले त्यस्ता नागरिकको लगत सङ्कलन गरी खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो । ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ […]