काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ छात्रछात्रालाई ज्याकेट वितरण गरेको छ । पालुङ शाखाका शाखा प्रबन्धक संगीता वज्राचार्यले विपन्न विद्यार्थीलाई न्याना कपडा वितरण गरिन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीलाई ज्याकेट वितरण गरिएपछि दैनिक पठनपाठन र विद्यालय सञ्चालनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक प्रतापसिंह गोलेले बताए । बैंकले हाल १०३ शाखाबाट बैंकिङ कारोबार गर्दै आएको छ ।