गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ । सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।