कैलालीको भजनी नगरपालिका–३ का कलमबहादुर चौधरीको घरभित्र धान थन्काउने ठाउँसमेत छैन । सरकारले तोकेको मूल्यभन्दा एक हजार सस्तोमा दिँदा पनि उनको धान बिकेको छैन । धान बिक्री गर्न नपाउँदा आर्थिक भार बढेको उनी बताउँछन् । गत कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले १७ बिघामा लगाएको उनको झन्डै आधा धानबाली बगायो । आधा खेतको धान बाली पूरै ढलायो ।