काठमाडाैँ – नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई छिटाे पदमुक्त गर्न सभामुख अग्नि सापकाेटाकाे ध्यानाकर्षण गराएकाे छ। बिहीबार सभामुखकाे कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चाैधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटाे पदमुक्त गर्न दबाब दिएका हुन्। एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चाैधरी […]