इनरुवा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्। सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए। नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, […]