चितवन : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्। केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधन गरेको पनि रावललाई चित्त बुझेको छैन। उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्