विराटनगरमा व्यापार सहजीकरणसम्बन्धी प्रशिक्षण

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को साझेदारीमा व्यापार सहजीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । विराटनगरमा दुई दिनसम्म चलेको प्रशिक्षणमा विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौता ट्रेड फ्यासिलिटेसन एग्रिमेन्ट ९टीएफए० माथि छलफल भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि...

सम्बन्धित सामग्री

बिजनेश इन्क्युबेशन सेन्टरको डेमो डे सम्पन्न

विराटनगर (अस) । मोरङ व्यापार संघसहित आइडिया स्टुडियो नेपाल, प्रदेश १ को कृषि मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी)द्वारा सञ्चालित ‘एग्री बिजनेश इन्क्युबेशन कार्यक्रमको ‘डेमो डे’ सम्पन्न भएको छ । प्रदेश नम्बर १ मा उद्यमशीलताको शीप र सोचको विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रमअन्तर्गत आठओटा कृषि व्यवसायमा आधारित आइडिया छनोट  भएका थिए । कार्यक्रम अन्तर्गत छनोट भएका आइडियाहरूलाई व्यावसायिक विकासका लागि बिजनेश इन्क्युबेशन, मेन्टरशिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवं एग्री बिजनेश सम्बन्धी विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्मको अवसर प्रदान गरिएको थियो । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न कार्यक्रममा एग्री बिजनेश इन्क्युबेशन सेन्टर अन्तर्गत छनोट गरिएका आठओटा कृषि व्यवसायहरू शखाबुङ डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमूना कृषि, रीतिरिवाज आइसक्रिम, कुमारी फूड्स, ग्रीन प्लानेट मिशन, पाकशाला र किसानपिडियाले आ–आफ्ना व्यावसायिक सोच प्रस्तुत गर्नुका साथै उत्पादित वस्तुहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेश १ का कृषिमन्त्री मगरसहित मन्त्रालयका सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग (एसडीसी)का आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल लगायतको उपस्थिति थियो ।

उद्योगीका लागि योग शिविर

मोरङ व्यापार संघको आयोजनामा तनावरहित, आन्तरिक शान्ति तथा खुसियाली जीवन विषयक चार दिवसीय शिविर विराटनगरमा सुरु भएको छ । शिविरमा काठमाडौंबाट आएका वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले प्रशिक्षण दिएका छन् । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे शिविरको उद्घाटन गरे ।