इलाम : नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुष तर्फ फाइनल खेल्ने टिम पक्का भएको हो। प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन्। महिलातर्फ हेटौँडा रगर्स र हिमालयन टाइगर भिड्नेछन्। पुरुष समूह ए बाट २ जितका साथ विजेताको रूपमा कर्णालीले सेमीफाइनलमा स्थान बनाएको थियो।