सर्लाहीको दुर्गम बस्ती डाइनीखोलामा पुग्यो बिजुली

सर्लाही : सर्लाहीको चुरे भेगको दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायण खोलाको डाइनी खोलामा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तर प्रयासपछि जिल्लाको दुर्गम मानिने डाइनी खोलामा बिजुली पुर्‍याएको हो।त्यहाँ बिजुली पुगेपछि लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडाध्यक्ष छेनामसिंह घिसिङ र प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको औपचारिक उद्घाटन गरेका

सम्बन्धित सामग्री

दुर्गम बस्ती कुइनेमंगले विद्युतको पहुँचमा

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमंगलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको कुइनेमंगलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए। उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल […]

बिजुली र पानी ल्याइदिनेलाई भोट

सन्धिखर्कबाट झन्डै ५० किमि टाढा दुर्गम बस्ती जलुकेको लामातालमा १ सय ७४ घर बसोबास गर्छन् । यहाँ बाक्लो बस्ती भएकाले उम्मेदवार भोट माग्न गाडीमै आउँछन् । धेरै मगर जातिको बसोबास भएकाले चुनावताका उम्मेदवारले लामाताललाई विकासमा हराभरा मात्रै होइन, पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्घोष गर्छन् ।