बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमंगलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमंगलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको कुइनेमंगलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताए। उनका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युत्बाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल […]