सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रले गरेको कारवाहीका सम्बन्धमा ‘अन्तरिम आदेश जारी नहुने’ ठहर गरेको छ ।न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार दधिराम न्यौपानेका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरिएको हो ।सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएका कारण न्यौपाने र पन्थीको प्रदेशसभा सदस्य पद तत्कालका लागि खारेज भएको छ ।उनीहरु दुवैजना नेकपा ए