नगराइन नगरपालिका : दुई सातामा दुई प्रशासकीय अधिकृत

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरुले आफ्ना अनुकुलका कर्मचारी ल्याएपछि कर्मचारीबीच असन्तुष्टी बढ्दै गएको छ । एक कर्मचारी अधिकारीलाई हटाएर अर्का कर्मचारी ल्याउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिएपछि फेरि अर्कोलाई ल्याइएको हाे ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले धनुषाको नगराइन नगरपालिकामा दुई सातामा दुई प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई हटाएर सन्तोष शर्मालाई पठाएको थियो । सोनुले आफूभ