उद्योग व्यवसाय गर्नै गाह्रो भो-रुपन्देहीका उद्योगी व्यवसायी

सामान वा वस्तु आयात गर्दा भन्सारमा लिइने अग्रिम आयकर अव्यावहारिक भएको भन्दै खारेज गर्न रूपन्देहीका उद्योगी व्यवसायीले माग गरेका छन् । सामान बिक्रीबाट व्यवसायीलाई ५ प्रतिशत नाफा हुने सुनिश्चित नहु“दै अग्रिम रूपमा भन्सारमा कर असुल्ने सरकारको रणनीतिका कारण उद्योगी व्यवसायी मर्कामा परेको र यसले व्यवसायमा समेत ठूलो समस्या आइपरेको गुनासो उद्यमीहरूको छ ।

सम्बन्धित सामग्री

औद्योगिक वातावरण संकटको सँघारमा

बुटवल– मुलुकको औद्योगिक वातावरण संकटको सँघारमा पुगेको उद्योगीहरूले बताएका छन् । उनीहरूले उद्योग–व्यवसाय सुधार्न राज्यले नीति र विधिमा सुधार गर्न नसकेको बताए । रूपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनमा बोल्ने उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले कोभिडले थला परेको अर्थतन्त्रप्रति राज्यले निर्वाह गर्नुपर्ने भूमिका कमजोर भएको बताएका हुन् । अधिवेशन उद्घाटन सत्रमा वार्षिक प्रतिवेदन […]

आर्थिक मन्दीको असर : काम छोडेर विदेश पलायन हुँदै उद्योगी-व्यवसायी

चितवन । कोरानाको असरका कारण आर्थिक मन्दी चुलिैदै गएपछि चितवनका उद्योगी व्यवसायी पलायन हुंँदै गएका छन । पछिल्ला समय बैंकको व्याज, विभिन्न कर, भाडा  लगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन त कतिपयले व्यवसायनै छाडेर विकल्पको खोजीमा छन । उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन । चितवनमा बिशेषगरी पोल्ट्री, निर्माणजन्य सामाग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउंँछन ।  कोरानापछि अधिकांश व्यवसाय धराशायी बन्दै गएपछि व्यवसाय छाड्ने र विदेश पलायन हुने क्रम बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउंँछन । ‘उद्योगी व्यवसायले आश गर्दा गर्दा व्यवसायमा कुनै प्रगति भएन , जसले गर्दा कतिपयले बाटोनै बदले ।’ श्रेष्ठले भने ।  बैंकको व्याज, दोहोरो तेहेरो कर, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसायनै छोडेर उनीहरु अमेरिका , अष्ट्रेलिया क्यानलडा पलायन हुने गरेको उनले बताए । ‘राम्रै ८, १० जना व्यवसायी विदेश पलायन भएका छन । कतिपय जाने क्रममा छन । आर्थिक मन्दीमा सुधार भएन भने थप व्यवसायीहरु पलायन हुनेछन ।’ उनले भने ।  आर्थिक मन्दीपछि आम उपभोक्तासंँग क्रयशक्तिनै कमजोर हुंँदा यस्तो अवस्था आएको उनको भनाई छ । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ , अर्कोतिर सरकारको नीति व्यवसायी मैत्री छैन । सरकारले सबै भार हामी नीजि क्षेत्रलाई नै थोपरेको छ ।’ उनले भने, । हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकोले उद्योग व्यवसायीमा थप निराशा उत्पन्न भएको उनको भनाई छ ।  महिनौं दिनसम्म व्यवसाय घाटामा चलेको  र विकल्पको रुपमा अन्य व्यवसायमा समेत भविष्य नदेखेपछि बाध्यताले व्यवसायी विदेश पलायन हुन लागेका हुन् । चितवनमा सबैभन्दा बढी विस्थापित र पलायन पोल्ट्री र निर्माणजन्य उद्योगका व्यवसायीहरु पलायन भएका हुन् ।  चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल केही महिनादेखि उद्योगी व्यवसायीहरु विदेश पलायन भएको  र केही व्यवसायीहरुले विकल्प रोजेको बताउंँछन । उनका अनुसार आर्थिक मन्दीको सबैभन्दा बढी असर पोल्ट्रीमा छ अर्को निर्माण सामाग्री उद्योग र निर्माण कम्पनीलाई छ । ।  हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाई छ ।  उद्योगमा आवश्यक पर्ने दक्ष युवाशक्ति विदेशिनु, उपभोक्तासंँग क्रय क्षमतामा ह्रास आउनु र बैंक व्याज एकल विन्दुमा नआउनुले पनि उद्योग व्यवसायी पलायन हुनु परेको उनको भनाई छ । ‘अबको तीन बर्षसम्म उद्योगीलाई निकै गाह्रो नै हुने अबस्था देखेको छु पौडेलले भने यो समयमा जो टिक्छ उ पछि चाहिंँ राम्रैसंँग स्थापित हुन्छ ।’ पौडेलले भने ।  उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ ।  बाह्रैमासे भीड हुने पसल, दोकान , सडकहरु पनि हिजोहाज सुनसान जस्तै देखिन्छन ।  फेन्सी पसल, सुनचांँदी पसल र खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून छ ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टाराई नेपाली उद्योग व्यवसायी नेपाल छाडेर विदेशमा गएर व्यापार व्यवसाय शुरु गर्न थालेको बताउंँछन । ‘यहांँ आशा र संभावना कम भयो । व्यवसायले सफलता पाउंँछ भन्ने कुनै ग्यारेन्टी पनि छैन । त्यसैले बाध्यताले पनि विदेश जान थाले ।’ भट्टराईले भने । सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा अधिकांश व्यवसायी रहेको उनले बताए । ’व्यवसाय छाडौं के गर्ने विकल्प छैन , तत्काल छाड्न पनि मिल्दैन , नछाडौं दैनिक घाटामा जानु परेको अवस्था छ ।’ उनले भने ।  अबको केही बर्ष नेपालमा कुनै पनि उद्योग व्यवसायको भविष्य नदेखेकाले पनि उद्योगी व्यवसायी विदेश पलायन हुनुपरेको उनको भनाई छ ।

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]

अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी

बाँके । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशयी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशयी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरूपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक संकटमा फस्न सक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले संघर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेका छोटी भन्सार कार्यालयहरू सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरूपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमि खुला सीमा नाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात ओटा छोटी भन्सार कार्यालय करीब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व संकलन घटेको छ । -रासस

रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना

भैरहवा– बैंकको ब्याजदर बढी भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशायी हुनेगरि बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।  रूपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै ब्याजदर एकल विन्दुमा कायम […]

सरोकारवालालाई समस्या सुनाउँदै वीरगन्जका उद्योगी–व्यवसायी

वीरगन्ज-उद्योग व्यवसाय क्षेत्रमा बारम्बार आइरहने समस्यालाई स्थायी रुपमा हल गर्नका लागि वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले सरोकारवालासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वको टोलीले भन्सारमा देखिएका समस्या, बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा वैदेशिक व्यापारमा देखिएका समस्या र सीमा क्षेत्रमा भएका सुरक्षाका चुनौतीका विषयमा विभिन्न सरोकारवालासँग भेटघाट गरेका छन् ।मंगलबार राष्ट्र बैंकका […]

कोरोना मारसंगै ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको …

वित्तीय तरलताले उद्योगी व्यवसायी मर्कामा, गभर्नरको ध्यानाकर्षण

मोरङ – उद्योग संगठन मोरङले वित्तीय क्षेत्रमा देखिएको तरलता अभावबाट उद्योग व्यवसाय मर्कामा परेको जनाएको छ। संगठनका अध्यक्ष सुयष प्याकुरेलले तरलता अभावका कारण उद्योग क्षेत्रमा देखिएको समस्या निराकरणका लागि मंगलबार नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराएको बताए। बंैकका गभर्नर महाप्रसाद अधिकारीलाई तरलता अभावको समस्या समाधानका लागि संगठनले विभिन्न बुदाँसहित ध्यानाकर्षण गराएको उनले जानकारी दिए। उनका अनुसार […]

चितवनमा उद्योगी व्यवसायी लकडाउनको धक्काबाट तङ्ग्रिन खोज्दै

भौगोलिक हिसावले नेपालको मध्य भागमा रहेको चितवनले उद्योग, वाणिज्य विकासको क्षेत्रमा फड्को मारेको छ । देशका विभिन्न भागबाट उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न चितवन आउने क्रम पनि बढ्दो छ । बितेका २ वर्षमा कोरोना संकटबाट यहाँका उद्योग, व्यवसाय, कृषि तथा पर्यटनका क्षेत्र नराम्ररी थिलथिलो भयो । कुखुरा पालनको क्षेत्रमा प्रतिदिन साढे २ करोड र होटल व्यवसायमा प्रतिदिन १ करोड घाटा बेहोरेको यहाँको कृषि तथा उद्योग क्षेत्रले कोरोना संकट कम भएसँगै बिस्तारै गति लिँदै छ । प्रस्तुत छ– चितवनको उद्योग