सिन्धुली – वीपी राजमार्गको सुन्दरता कायम राख्न वृहत् सरसफाइ सुरु गरिएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नम्बर ४ हिरापानीदेखि वडा नम्बर ६ शिवनगरचोकसम्म शुक्रवार सरसफाइ गरिएको हो ।
डिभिजन वन कार्यलय सिन्धुली, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा पालिकाकाे सहभागितामा सरसफाइ गरिएको हो । अब हरेक शुक्रवार राजमार्ग सफा गरिने कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयाे । सरोकारवाला निकायसँग समन्वय गरी वीपी राजमार्ग र मदन भण्डारी र...