घिन्ताङघिसी नहुँदा उल्लासमय भएन भक्तपुरको सापारु

भक्तपुर : कोरोना कहरबीच भक्तपुरमा मृतकका आत्माको शान्ति कामना गर्दै सापारु (गाईजात्रा) मनाइएको छ। पहिले जस्तो उल्लासमय नभए पनि भक्तपुरवासीले देह त्याग गरिसकेका आफ्ना आफन्तको सम्झनामा परम्पराअनुसार ताहामचा बनाएर गाईजात्रा मनाए।भक्तपुरमा गाईजात्रा निकाल्नु पहिले सोमबार बिहान कुखुरा बास्नुअघि नै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ। यस वर्ष कोरोनाका कारण गाईजात्रा औपचारिकतामा सीमित गर्ने नगरपालिकाको निर्णय र अनुरोधअनुसार बिहानै गाईजात्रा निकालिएको