काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ ।
लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएकोमा ७० हजारभन्दा धेरै दक्ष अर्थात् सीपयुक्त रहेको विभागको तथ्याङ्क छ ।
यस आर्थिक वर्षमा ८० हजार तीन सय ८२ जना अदक्ष(सीप नभएका) श्रमिकलाई ...