सांसद हृदयेश त्रिपाठीले बजेट सुन्निएर आएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै त्रिपाठीले भने, ‘बजेट मोटाएको सुन्निएको जस्तो छ । सुन्निनु रोगको लक्षण हो ।’ उनले कृषिका नाममा बजेट छुट्याइए पनि बर्षेनी किसानहरू पानी, मल र विउ नपाएर समस्या झेल्न बाध्य भएको बताए । ‘खेतीको समय छ तर मल अभाव छ । तर आकांक्षा हाम्रो ३० प्रतिशत आयात घटाउँछौ भन्ने छ’, उनले योगदानका आधारमा किसानलाई पेन्सन दिने सरकारको नीतिको पन