ललितपुरको गोदावरीमा काँग्रेसका उम्मेदवार विजयी

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए ।  उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर काँग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधाना

सम्बन्धित सामग्री

ललितपुरको महालक्ष्मीनगरमा मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ९ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका मेयरमा उम्मेदवार शिव कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरेर […]

ललितपुरको महालक्ष्मीमा मेयर एमाले र उपमेयर कांग्रेस विजयी

७ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा हरि गोविन्द श्रेष्ठ र उपमेयरमा लक्ष्मी महर्जन विजयी भएका हुन् । मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए । […]

ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस विजयी

काठमाण्डौं – ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन विजयी हुनु भएको छ ।  विजयी लोप्चनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सञ्जेललाई ८सय ५६ मतले पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका लोप्चनको ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेका सञ्जेलले ४ हजार ५३ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी मगर ४ हजार ६ सय ९२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नमुना ...

ललितपुरको महांकालमा गठबन्धनका उम्मेदवार विजयी

२०७४ को निर्वाचनमा ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडामा जितेको नेकपा (एमाले)ले यसपटक भने पराजय ब्यहोरेको छ। यस पटक पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेश बहादुर केसी विजयी...

ललितपुरको महाँकाल गाउँपालिकामा कांग्रेसका केसी विजयी

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन्।  केसीले ३४ सय ५५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमला लामा तामाङले २ हजार ८ सय ८७ मत प्राप्त गरिन्। उपाध्यक्षमा माओवादी केन्द्रका डोल्मामाया गोले विजयी भएकी छन्। उपध्यक्षमा माओवादीकी गोलेले ३ हजार ५२ मत प्राप्त गर्दा एमालेका पुरुषोत्तम हुमागाईले २ हजार ७ सय ८७ मत पाए।गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए। विजयी हुनेमा वडा नं

ललितपुरको महाङ्काल अध्यक्षमा गठबन्धनका केसी विजयी

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् । उनी कांग्रेस नेता हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ […]

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एमालेका लामा विजयी

ललितपुरको कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा नेकपा एमालेका कृष्णमान लामा विजयी भएका छन्।  दुई हजार ९ सय ६८ मतसहित उनी विजयी भएका हुन्।  उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङ्तानले २ हजार २...

ललितपुरको कोन्ज्योस गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै – ललितपुरको कोन्ज्योस गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णमान् लामा र उपाध्यक्षमा कांग्रेसका राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा एमालेका लामाले तीन हजार एक सय चार मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गोपीलाल सिंतानले दुई हजार पाँच सय नौ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार घिमिरेले तीन हजार दुई सय २७ मत र उहाँका प्रतिस्पर्धी एमालेका रनिता तामाङले दुई हजार ४८ मत प्राप्त गर्नुभएको छ । पाँच वटा वडामध्ये दुईमा माओवादी, दुईमा कांग्रेस र ए...

ललितपुरको विजयी सुरुवात

दिक्षान्स खड्का, हेटौडा वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ । वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार […]

नेपाली कांग्रेस ललितपुरको सभापतिमा देउवा निकट श्रेष्ठ विजयी

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६ सय ५३...