म्याग्दी : मानवीय अतिक्रमण र जलवायु परिवर्तनका कारण साँघुरिदै गएको कालीगण्डकी नदी किनारमा विना दर्ता क्रसर उद्योग सञ्चालन भइरहेको छ।कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डको म्याग्दी स्थित रघुगंगा गाउँपालिका–२ स्याउली बजारमा नदी किनारमा दर्ताबिनै संचालन भएको उक्त क्रसर उद्योगको विषयमा स्थानीयले विरोध जनाउँदा पनि स्थानीय सरोकारवाला निकाय मौन छन्। क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ।रघुगंग