–दाने बोहराअत्यावश्यक औषधि मध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ । स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारणलाई सास्ती