काठमाडौं : प्रवासी नेपाली एकता मञ्च, अष्ट्रेलियाले नेपाललाई भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेको छ।नेपालमा कोभिड १९ कोरोना भाइरसको दोस्रो उछालसँगै एकैपटक अस्पतालहरुमा धेरै बिरामीको चाप हुँदा अक्सिजन लगायतको अभावले ग्रस्त बनेको बेला विदेशमा बस्ने नेपालीहरूले सहयोग गरेका हुन्।मञ्चका अध्यक्ष रमेश पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’ यो दुःखद घडीमा हातेमालो गर्दै हामीले छोटो समयमा नै करिब ४६ हजार अष्ट्रेलियन डलर सहयोग संकलन गरेका छौं।