उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ताजा जनादेशबाट नै मुलुकले निकास पाउने बताएका छन् ।
प्रतिनिधि सभाले वैकल्पिक सरकार समेत दिन नसकेपछि ताजा निर्वाचनमा जानुपर्ने बाध्यकारी अवस्था आएको पौडेलले स्पष्ट पारे ।
कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको शनिवार बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचनका लागि तयार हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।
‘लोकतन्त्र र संविधानको प्राण निर्वाचन हो,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘प्रधानमन्त्रीले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुभयो । ...