पर्वत : पूर्ण रूपमा दृष्टिविहीन रहेका बागलुङको जैमुनी नगरपालिका–४ सर्कुवाका अमिट केसी उमेर गन्ती गर्दा ३५ वसन्त पार गरे।परिवार पाल्नको लागि प्रावि तहको राहत दरबन्दीमा शिक्षकको रूपमा काम गरिरहेका उनले नौ वर्ष अगाडि नै जागिर छाडिदिए।कारण थियो-सगरमाथा चढ्ने। सगरमाथा आरोहण गर्ने नेपालको पहिलो र विश्वको दोस्रो भएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नेपालको नाम थप्न चाहेका उनको सपना भने अझै पूरा हुन पाएको छैन।नौ वर्षदेखि सपनामा पनि सगरमाथाको चुचुरोको देख्ने गरेका उनको धोको गत वर्ष