काठमाडौं : सुदूरपश्चिमको खप्तड इलाका केन्द्र बिन्दु बनाई गएको मंगलबार राति गएको ६.६ रेक्टर स्केलको भूकम्पका कारण भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ।घटनास्थल वडा नं३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भएको छ। जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा नेपाली सेनाले मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै घाइते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको