चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् । बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले वितेका १५ बर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि म