काठमाडौँ। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको आइतबारको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमाले सांसदले प्रश्न उठाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो।